१२ देशका श्रममन्त्री कात्तिक अन्तिम साता नेपाल आउँदै

काठमाडौं । १२ देशका श्रममन्त्री कात्तिक अन्तिम साता नेपाल आउने भएका छन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कात्तिक २९ र ३० गते काठमाडौंमा आयोजना गर्ने संयुक्त बैंक (कोलम्बो प्रोसेस)मा सहभागी हुने १२ देशमा श्रममन्त्री नेपाल आउन लागेका हुन् । 

नेपालले अध्यक्षता गर्ने उक्त बैठकमा कात्तिक २९ गते उच्च सरकारी अधिकृतहरुको  र ३० गते मन्त्रीस्तरको बैठक सञ्चालन हुनेछ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टका प्रेस संयोजक मदन खनालले १२ देशका मन्त्रीसँग कामदारको करारपत्र एउटै ढाँचाको बनाउन प्रस्ताव गर्ने छन् ।

उक्त बैठकमा कामदारको करारपत्र एउटै ढाँचाको बनाउने प्रस्ताव पारित भए सबै देशका कामदारले समान तलब, सेवासुविधा पाउनेछन् ।  

कोलम्बो प्रोसेसको बैठकले आप्रवासी कामदारको आर्थिक, सामाजिक सुरक्षा, आधारभूत अधिकार प्रत्याभूत र आपसी सहकार्य गर्न महत्वपूर्ण हुने मन्त्रालयका सचिव महेशप्रसाद दाहालले बताए । 

बैठकमा नेपाल, इन्डोनेसिया, भारत, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, भियतनाम, श्रीलंका, अफगानिस्तान, कम्बोडिया, थाइल्यान्ड र चीनका श्रममन्त्री र उच्च सरकारी अधिकृत सहभागी हुनेछन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?