बुटवलमा नेकपाको चियापान कार्यक्रम शुरु

बुटवल । बुटवलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम शुरु भएको छ । 

नेकपाले दशैँ, तिहार, नेपाल संवत्, छठ लगायतको अवसरमा बुटबलमा प्रदेश नम्बर ५ स्तरीय चियापान कार्यक्रम आयोजना गरेको हो । चियापान कार्यक्रममा सहभागि हुने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुटवल पुगेका छन् । 

चियापान कार्यक्रमा नेकपाका अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेल, कृषिमन्त्री चन्द्र प्रकाश खनाल, नेता टोप बहादुर रायमाझी लगायतका नेताहरुको सहभागिता रहेको छ । 

कार्यक्रममा पाँच नम्बर प्रदेशका सबै जिल्लाका प्रतिनिधित्व उपस्थिति रहेको छ । साथै नेता कार्यकर्ताको सहभागिता जनाएका छन् भने बुटवल उपमहानगरपालिका मेयरले शिवराज सुवेदी लगातय १२ वटै जिल्लाका नेता तथा कार्यकर्ताहरुको समेत सहभागिता रहेको नेकपाका एक नेताले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?