देशलाई खतरामा राखेर नेकपाले दाउ रच्दैछ : डा. महत

४ दशक देखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रुपमा लागिरहेका डाक्टर प्रकाशशरण महत  नेपाली कांग्रेसका सह -महामन्त्री हुन् ।

२०६४ सालको को पहिलो संविधानसभा र २०७० को दोश्रो संविधानसभामा  समानुपातिक तर्फबाट सभासद भएका उनले ऊर्जा र परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

उनै महतसँग लोकपथ डटकमका लागि अनिता आचार्यले कांग्रेस महासमिती बैठक, विधान संशोधनका सन्दर्भ, गुट उपगुटको राजनीति, कांग्रेसको आन्तरिक किचलो लगायतको विषयमा केन्द्रित रहेर गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

के मा व्यस्त हुनुहुन्छ ? 

पार्टीको काममा व्यस्त छु । 

देशको राजनीतिक अवस्थालाई कसरी हेरिरहनुभएको छ ? 

अहिले दुईतिहाइ बहुमतको सरकार छ ।

यो सरकारले स्थिरता ल्याएर काम गर्न सक्छ भन्ने अपेक्षा जनमानसमा थियो तर यस विपरितका क्रियाकलापहरु सरकारले देखाइरहेको छ । लगानी, कर, मुल्य वृद्धि अधिक मात्रामा भइरहेको छ । यसमा सरकारले कुनै प्रकारले नियन्त्रण गर्न सकेको छैन ।

दुईतिहाइको सरकार जसरी बहुमत ल्याएर सत्तामा पुगे, ती नेताहरुमा जनताका दुःख, गुनासा, र समस्याहरुप्रति अलिकति पनि गम्भीरता आएको देखिदैन तर उनीहरुले झन् मनोमानी गर्न पाउने लाइसेन्स पाएको जसरी हौसिएको देखिन्छ ।

भर्खरै आएको विश्व बंैकको प्रतिवेदन अनुसार नेपालको उद्योग लगानीको ¥याङ्किङ झन् खस्किरहेको अवस्था छ ।  नयाँ सरकारले लगानीमा वृद्धि गर्ला, नयाँ संविधान कार्यान्वयन होला भन्ने विश्वास थियो तर विदेशी लगानीको आंकडा ७५ प्रतिशत घटेको अवस्था छ । 

दुईतिहाइको सरकार जसरी बहुमत ल्याएर सत्तामा पुगे, ती नेताहरुमा जनताका दुःख, गुनासा, र समस्याहरुप्रति अलिकति पनि गम्भीरता आएको देखिदैन तर उनीहरुले झन् मनोमानी गर्न पाउने लाइसेन्स पाएको जसरी हौसिएको देखिन्छ । यस्तो प्रवृत्तिले गर्दा प्रधानमन्त्रीको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा कहिल्यै सफल हुन पाउँदैन । यो नारा विपरित कार्य भइरहेको अवस्था छ ।

जनता झन् दुःखी भएका छन्, लगानी व्यवसायहरु घट्दै छन् । देशमा रोजगार सिर्जना गर्न सकिएको छैन । केन्द्रमा कर बढिरहेको छ, महङ्गी एकातिर बढ्दै छ भने अर्कोतिर लगानीको लागतमा वृद्धि भएको अवस्था छ । जनतालाई कानूनविमुख बनाइएको छ । विभिन्न सर्तहरुमा व्यवसाय र लगानी गर्न चाहनेलाई सरकारले आफूतिर तानिरहेको छ ।  

कर वृद्धि भएसँगै लगानीमा कमी आएको हो । पहिला कर कम हुँदा लगानी ज्यादा हुन्थ्यो राजस्व धेरै उठ्थ्यो । विभिन्न नकारात्मक सर्तहरु, महंगी, आदिले गर्दा अहिले भन्सारको राजस्व बाटमात्र देशलाई टिकाउन गाह्रो छ ।

सरकारका क्रियाकलाप देखेर जनता निराश छन्, सुरक्षा छैन तराई क्षेत्र सर्लाहीमा विभिन्न दवाव दिएर कांग्रेसका नेतालाई मारिएको छ । बलात्कारका घटनाहरु जताततै व्याप्त छन् । निर्मला पन्तको बलात्कार पछि हत्या गरियो यस विषयमा छानबिन समयमा खुलस्त रुपमा हुन सकेको छैन । रक्षक नै भक्षक भएको स्थिति छ । समग्रमा भन्दा देशको परिस्थिति आशाजनक छैन । 

निर्वाचन सम्पन्नभएपछि नेपाली कांग्रेसले भनेको थियो कि हामी हार स्वीकार गर्छौं । तर प्रतिपक्षको रुपमा सशक्त भूमिकामा उभिन्छौँ । कहाँनिर छ तपाईहरुको उपस्थिति ?

हामी सरकारका विभिन्न क्रियाकलापलाई नियालिरहेको छौँ । स्वयम् सरकार जुर्मुराएर आएको छैन । किन यति छिटै प्रतिक्रिया देखाइहाल्ने भनेर हामी चुप बसेका छौँ । हामी जिम्मेवार पार्टीको हैसियतले यो प्रतिपक्षको भूमिकामा छौँ ।  

अहिलेको अराजक गतिविधि चिनीकाण्ड देखि लिएर पुिलस प्रशासनलाई पार्टीमुखी बनाउने क्रियाकलाप देखेपछि हाम्रो संख्या कम भएपनि संसदमा विरोधको भावना बढेको छ । हामीले देशभरि चेतावनीको कार्यक्रम पनि ग¥यौँ, चाडपर्वको माहोल सुरु भयो ।

अब सरकारको गतिविधि, रबैया हेरेर सरकारको विरोधको आवाज बढाउँछ र हामी जनताको आवश्यकता, समस्यालाई सही प्रतिनिधित्व गर्छौ । सरकारका गलत क्रियाकलापलाई सडक, सदन सबै ठाउँमा विरोध गर्छौ । 

प्रतिपक्षको भूमिका निर्वाह गर्ने नेपाली कांग्रेस आन्तरिक किचलोमा फसेको छ । पार्टी झन् विकृप्त हुँदै गएको हो ? 

अहिले हामी विपक्षमा रहेको अवस्था छ । सरकारले ठीक काम गरिरहेको छैन । यसमा हामीले सम्पूर्ण शक्ति र उर्जा खर्चिनु आवश्यक छ । पार्टीको केन्द्रीय समितीबाट हुने निर्णयलाई मध्यनजर गरेर हाम्रो महासमितीमा बैठक हुन्छ । त्यहाँ हामीले आर्थिक देखि लिएर विभिन्न विधानमा व्यापक छलफल गरेर सघन निष्कर्ष निकाल्छौ र सम्पुर्ण पङ्क्ति एकिकृत भएर लाग्छ । नलागे अब अरु विकल्प छैैन ।

तपाईले विभिन्न देशको राजनीतिक अवस्था बुझ्नुभएको छ । अमेरीकाको लामो बसाई, अरु देशहरुको राजनीतिक संस्कृति हेरिसक्नुभएको कारण राजनीतिक पार्टीभित्र गुट उपगुट हाबी हुँदा पार्टी पतन हुँदैन ? 

लोकतान्त्रिक  पार्टी त्यसमा पनि ठूलो पार्टी । विभिन्न मतहरु आउँछन् । छलफल हुन्छन् । यो अस्वभाविक होइन ।

तर व्यक्तिलाई  आवश्यक भन्दा ज्यादा केन्द्रित गरेर सही र खराबको बहस गर्नु ठीक होइन । यसमा संलग्न नेताहरुले बुझ्न जरुरी छ  । नेपालमा हामीले पार्टीको व्यवस्था यति निवार्चनमुखी बनाएका छौँ गाउँदेखि विभिन्न तहसम्म यसमा निर्वाचित भएर आउनेले गुट सिर्जना गर्ने गरेका छन् यसमा केही समस्या आएको छ । 

महासमिती बैठकको तयारी कुन रुपमा हुँदैछ ? 

व्यवस्थापकीय तयारीदेखि विधान समितीले करिब करिब काम सकेको अवस्था छ  ।  हाम्रा मस्यौदाहरु पनि तयार छन् । यो महाधिवेशन अगाडि केन्द्रीय समितीमा पारित गर्नुपर्छ ।  

विभिन्न समितीहरुले आफ्ना कुराहरु त्यहाँ राख्छन् । चाडवाड छठ नसकिदा सम्म अलि समय लाग्छ फेरि हाम्रो वरिष्ठ नेता भर्खरै आउनु भएकाले पनि हो । केन्द्रीय समितीमा कृुरा राख्न सबै साथीहरुले बोल्न चाहानुहुन्छ सहभगिता गराउँछौँ । यसरी बिहान देखि बेलुकी सम्म मिटिङ् ग-यांै भने सबै कुरा राख्न भ्याउँछौँ ।  हामीलाई १२, १५ दिन केन्द्रीय बैठक समितीमै लाग्छ । 

यसको मतलब तयारी पर्याप्त छैन ?

अरु किसिमको तयारी छ । अब केन्द्रीय समितीले पास गरिसकेपछि महासमितीमा जान्छ ।  चाडवाडको बेला भएकाले हामीले रातदिन एक गरेर समयमा केन्द्रीय समिती बैठकमा पारित गर्नुपर्ने चुनौती छ यसलाई पुरा गर्न सकिन्छ । 

महासमिती बैठकबाट हाँसिल गर्ने उपलब्धिहरु के छन् ? बताइदिनुहोस् न । 

वर्तमान सरकारले लगाएको राष्ट्रवादको नारा सत्तामा जानको लागि मात्रै सावित भयो, अन्तरिक रुपमा जति सपनाहरु बाँडिएको थियो त्यो आश्वासनमै सिमीत भयो ।

राज्य संरचना पार्टीको नियन्त्रणमा गइरहेको छ । विभिन्न विषयमा हाम्रो सुस्पष्ट दृष्टिकोण आउँछ र यो स्पष्ट हामी जनतामाझ लैजान्छौँ । त्यस्तै आर्थिक दृष्टिकोणमा बिपीले ल्याउनुभएको सिद्धान्तमै जान्छांै । भन्नुको अर्थ उत्पादन बढाउने र उत्पादनलाई आम जनतमाझ पु¥याउने नै हो ।

यो लोकतान्त्रिक पद्धतिको आधारमा, हाम्रो लक्ष्यमा कम्प्रमाइज हुन्न, हाम्रो लक्ष्य उत्पादनको पहुँचमा जनतालाई पु¥याउने हो । तर लक्ष्यमा पुग्ने समयसापेक्ष हुन्छ । प्रविधिको परिवर्तनसँगै हामीले कार्य गर्दै जान्छाँै । नीति प्राप्त गर्ने समय अनुकुल हामीले बनाउनु पर्छ । र सरकारले गरिरहेको आर्थिक संयन्त्र नीतिमा पनि हामी अनुसन्धान गर्छांै कहाँ कस्तो गल्ती भइरहेको छ ? कस्ले गरिरहेको छ भन्ने बारे  औल्याउँछौँ  ।  

जसरी अहिले संघीय संरचना बनेको छ, प्रदेशको समिती बनेझैँ भातृ संगठनको पनि बन्छ । जिल्ला, क्षेत्र, गाउँ, नगर, प्रदेश, केन्द्र आदि समन्वयन समिती हुने भएकाले यसै स्वरुप भातृ संगठन पनि हुन्छ । 

विधान संशोधनमा उमेर हदको कुरा खुलाइदिनुहोस् न । 

अहिलेको विद्यार्थीले २४-२५ वर्ष सम्ममा मास्र्टस गरिसकेको हुन्छन् तर कोहीपनि राजनीति गर्न बाट वञ्चित छैन । ३२ वर्ष सम्ममा उसले पी.एच.डी. पनि गर्न भ्याउँछ ।

तर विद्या नभएका विद्यार्थीमा भाषा शैलीदेखि सम्पूर्ण कुराको कमी हुने यस्ता संगठन फैलिन सक्दैन । म नेविसंघको महामन्त्री २३ वर्षमा भएको थिए ।  हामीले २ वर्ष अगाडि नै हाम्रा करेन्ट विद्यार्थी नेविसंघमा गए भने उनीहरुले विस्तारवाद गर्न सक्छन् भनेर भनेका हौँ ।

पार्टी र नेविसंघ दुवै फरक हुन् किनकी नेविसंघ भनेको विद्यार्थीको संगठन हो । पार्टी फरक कुरा हो । कति साथीहरुले उमेर हद तोकिनु पर्छ भनेका पनि छन् । तर जहाँ सम्म मलाई लाग्छ  नेविसंघ र पार्टीको सन्र्दभ फरक हो ।  यी दुईको पार्टी स्वरुप विशेषता मिल्दैन । यो बुझ्नु अवाश्यक छ । 

हामी एकदमै अप्ठ्यारो भूगोलमा छौँ । हामी न यसलाई नजिक राख्न सक्छौं न टाढा । हामीले भारत र चीन दुबैलाई सुमधुर सम्बन्ध राख्नु आवश्यक छ ।  सबै लगानी देखि व्यापार, कृषि आदिमा सहयोगको अनुरोध गर्न सक्छौँ तर नेपाली भूमिलाई अधिनको प्रयोगमा आउन दिँदैनौँ भन्न सक्नुपर्छ । स्पष्ट रुपमा जनतासामु भन्न सक्नुप-यो ।

सरकारले अहिले अवलम्बन गरेको परराष्ट्रनीति कत्तिको चित्तबुझ्दो छ ? कमीकमजोरीहरु के के छन् ?

यो सरकारले सत्तामा नआउँदा जुन प्रकारले हुटिट्याउँ मच्चायो  बिमस्टेक सम्मेलनको कुरा गर्ने हो भने राष्ट्रसेनाको ट्रेनिङ लिने भनेर भन्यो तर पछि फेरि फिर्ता लियो योभन्दा अपरिपक्वता के होला ?

अहिले भएको अन्तर्राष्ट्रिय सम्बन्ध भनेको सरकार सरकार बीच मात्र छ । उहाँहरुले व्यतिmगत फाइदाका अधारमा मात्र सोचेको पाइन्छ । नेपालमा कस्तो अन्तर्राष्ट्रिय पूँजी ल्याउने, के को आवश्यकता छ त्यसमा सरकारको ध्यान गएको छैन ।

हामी एकदमै अप्ठ्यारो भूगोलमा छौँ । हामी न यसलाई नजिक राख्न सक्छौं न टाढा । हामीले भारत र चीन दुबैलाई सुमधुर सम्बन्ध राख्नु आवश्यक छ ।  सबै लगानी देखि व्यापार, कृषि आदिमा सहयोगको अनुरोध गर्न सक्छौँ तर नेपाली भूमिलाई अधिनको प्रयोगमा आउन दिँदैनौँ भन्न सक्नुपर्छ । स्पष्ट रुपमा जनतासामु भन्न सक्नुप-यो ।

परराष्ट्रमन्त्री भइसकेको कारण मसँग अनुभव छ । कुटनीतिक सम्बन्धमा हामीले पेस गरेको विभिन्न आंकडा, तथ्याङ्क आदि राख्दा हाम्रा कुराहरु धेरै सृुनेको सहयोग गर्न तत्पर रहेको देखियो तर यो सरकारमा त्यो किसिमको स्कील पनि छैन, समर्पण पनि देखिँदैन । सत्तामा जान क्षणिक खुसी दिने बाटोमात्र हेरेका छन् । भारत र चीन लगायत अन्य यस्ता देशहरुपनि छन् जहाँ नेपाललाई सहयोग गर्न चाहान्छन् यस्ता देशहरुलाई नेपालले पूरै बेवास्ता गरेको छ ।  अहिले उहाँहरुको विदेश नीति गलत बाटोमा गइरहेको छ । यसले दीर्घकालीन कसैको पनि हित गर्दैन । 

अन्तिममा के भन्न चाहनुहुन्छ ? 

नेपाली जनता समग्रमा लोकतन्त्रमा विश्वास गर्छांै । सत्तामा पुगेका नेताहरुको आश्वासनको कारणले जनतले दिएको भोटको दुरुपयोग भएको छ । तर अहिले जनता झल्यास्स भएका छन् ।

अहिले हिँडिरहेको बाटोबाट सरकारको प्रगति हँुदैन । त्यसैले अब खुल्ला अर्थतन्त्र, उद्योग व्यवसायलाई प्रमोट गर्ने र पछाडि परेका लगानीकर्तालाई पनि राज्यले सँगसँगै लैजाने, उत्पादनको नेतृत्व निजी क्षेत्रलाई दिने र वितरणका लागि सरकारले नेतृत्व लिने किनकी पछाडि परेको वर्गलाई राज्यले अँगाल्दै अगाडि लैजानुपर्दछ ।  

यसरी मात्र राज्यले अर्थतन्त्रमा विकास गर्न सक्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?