सरकारले लोकतन्त्रका आधारभूत संरचनालाई कमजोर बनाउन खोज्यो : नेता कोइराला

विराटनगर । नेपाली कांग्रेसले वर्तमान सरकारले लोकतन्त्रका आधारभूत संरचनालाई कमजोर बनाउन खोजेको आरोप लगाएका छन् । 

डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) प्रदेश १ ले आइतबार विराटनगरमा आयोजना गरेको कार्याक्रममा बोल्दै कांग्रेस नेता डा. शेखर कोइराले केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्रका आधारभूत संरचनालाई कमजोर बनाउँदै सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाएका हुन् । 

‘सरकारले जनताको जिउ–धनको रक्षा गर्न सकेन, सत्तामा रहने नैतिकता वर्तमान सरकारले न्यायपालिका, आर्थिक संरचना, सेना र सञ्चार जगतलाई कमजोर बनाउने नेता कोइरालाले भने, न्यायलयमा दलीय छायाँ परिसकेको उल्लेख गर्दै यसकै कारण पछिल्लो समय न्यायपालिकाप्रति जनविश्वास घटेको बताए ।

त्यस्तै नेता कोइरालो फरक प्रसंगमा बोल्दै सर्लाही रामनगरमा मारिएका कांग्रेस कार्यकर्ता रामविलास महत्तोको हत्यारालाई उन्मुत्ति दिन सरकार नै लागिपरेको समेत आरोप लगाएका छन् । साथै हत्यारा पत्ता नलागेसम्म महत्तोको शव नउठ्ने समेत प्रष्ट पारे ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?