आहा घान्द्रुक ! तस्वीरमा नियाल्नुहोस् घान्द्रुकको अनुपम सुन्दरता

कोलाहल, प्रदूषणयुक्त वातावरण, आफन्तबाट टाढीएको जीवन, व्यस्त जीवनयापनबाट थोरै समय निकाल्नु भयो भने पदयात्रामा रमाउने आन्तरीक तथा बाह्य पर्यटकको लागि घान्द्रुक उपयुक्त गन्तव्य हुनसक्छ । 

आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालको शृङ्खलामा पर्ने २० भन्दा बढी हिमचुचुरालाई एकै ठाउँबाट अवलोकन गर्न पाउनु घान्द्रुकको खास विशेषता हो । यद्यपी घान्द्रुकमा बढेको आकर्षणको जस भने समुदायमा आधारित पर्यटनलाई दिनुपर्छ ।

घान्द्रुकबाट चैत–वैशाखमा करिब १५ प्रजातिका लालीगुराँस फुलेको देख्न पाइन्छ ।

पुस र माघमा सेताम्मे हिउँ नजिकबाट अवलोकन गर्न पाईन्छ । 

अन्नपूर्ण हिमालको काखमा अवस्थित घान्द्रुक पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित एउटा सुन्दर गाँउ हो ।

यहाँ धेरै ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू छन् ।

मेश्रमवराह, तौजीवराह, पोज नेबवराह, कोटडाँडा, गुम्बा, ङयोवराह ताल आदि पर्यटकको रोजाईमा पर्ने क्षेत्र हुन् । त्यस्तै माछापुच्छ्रे बेस क्याम्प, अन्नपूर्ण बेस क्याम्प आदि प्राकृतिक पर्यटकीय स्थलहरू हुन्, जुन आन्तरीक पर्यटकले पनि औधी रुचाएका छन् ।

घान्द्रुकको होमस्टेबाट बिहानै ४ बजेतिर माछापुच्छ्रे, हिमचुली, अन्नपूर्ण हिमालहरु अवलोकन गर्न पाईन्छ । 

व्यस्त दैनिकिबाट अवाक् हुनेहरुले बास बसेको होमस्टे अगाडि स्वागतम् मुद्रामा विराजमान हिमालले एकछिन् त होस् नै हराउँछ । जता हेर्यो त्यतै लोभलाग्दो हिमाल । घान्द्रुक गाउँ समुद्र सतहदेखि एक हजार नौ सयको उचाइमा छ ।

त्यसैले पनि हिमाल र गाउँको उचाई धेरै अग्लो होचो छैन ।

नजिकैबाट देख्न सकिने हिमश्रृंखला, सूर्योदय, हिमालचुलीमा सूर्यको किरणले मुस्कुराएको आभाष हुने दृश्य, सुन्दर युवतीको केशमा बनाइएको सिउँदो जस्तो चिटिक्कको कुदेका ढुङ्गाले छापिएका सिढीबाटो, नयाँ पुराना घरको समिश्रण, गुजुमुज्ज परेका होमस्टे, ढुंगाकै स्लेट छापिएका आँगन र एउटा बाटो पक्रेपछि सबैको आँगन पुग्न सकिने बनोट गुरुङ जातिको फरक संस्कृति, वनजंंंगल र बान्कि परेको खेतका गहहरु, मनोरम भूगोलको अवलोकन गर्न घान्द्रुक पुग्नैपर्ने ठाउँ हो । 

नजिकैबाट देख्न सकिने हिमश्रृंखला, सूर्योदय, हिमालचुलीमा सूर्यको किरणले मुस्कुराएको आभाष हुने दृश्य, सुन्दर युवतीको केशमा बनाइएको सिउँदो जस्तो चिटिक्कको कुदेका ढुङ्गाले छापिएका सिढीबाटो, नयाँ पुराना घरको समिश्रण, गुजुमुज्ज परेका होमस्टे, ढुंगाकै स्लेट छापिएका आँगन र एउटा बाटो पक्रेपछि सबैको आँगन पुग्न सकिने बनोट गुरुङ जातिको फरक संस्कृति, वनजंंंगल र बान्कि परेको खेतका गहहरु, मनोरम भूगोलको अवलोकन गर्न घान्द्रुक पुग्नैपर्ने ठाउँ हो । 

सुनीमाया, यानीमाया, ठाडे भाकाका गीत एवं मालसिरीहरु र गाउँको आगनमा नाच्ने गरेको घाटु, सोरठी, कृष्ण चरित्र र ठेटर नाचहरु नदेखिएतापनि साँझ आशिषआमाको घरमा पाहुना र स्थानियले खेल्ने दोहोरी कम्ती रमाइलो हुँदैन ।

पोखराको बाग्लुङ बसपार्कबाट सार्वजनिक सवारी बस सञ्चालनमा आएपछि ३ सय रुपैयाँ भाडा तिरेर घान्द्रुक गाउँ पुग्न सकिन्छ ।

दशैँ अघिसम्म पोखराबाट नयाँपुलसम्मको दुरी चालिस किलोमिटर र नयाँ पुलबाट १० कि.मीको दुरी किम्चेसम्म साना सवारी जीप पनि चल्ने गर्दथे ।

त्यसपछि डेड घण्टाको पैदल यात्रामा घान्द्रुक पुग्न सकिन्थ्यो ।  अहिले घान्द्रुक गाउँकै आँगनमा बसले तपाईलाई लानेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?