अमेरिकाको मध्यावधि निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारी विजयी

काठमाडौं । अमेरिकाको मध्यावधि निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारी विजयी भएका छन् । उनी डेमोक्र्याटिक उम्मेदवार हुन् ।

मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभा सदस्यमा भण्डार विजयी भएका हुन् । 

उक्त प्राथमिक निर्वाचनमा मैदाना उत्रिएका ४ जना प्रतिस्पर्धीहरुमा एरिक ब्रोम्वेल पहिलो, भण्डारी दोश्रो र तेश्रो स्थानमा कार्लज्याक्स विजयी भएका थिए ।

अमेरिका आएका नेपाली समुदायको इतिहासमा सबैभन्दा पहिला मूलधारको राजनीतिमा राज्य सांसदको रुपमा भण्डारीले खाता खोलेका छन् ।  

मुलुक बाहिर मूलधारको राजनीतिमा प्रवेश पाउने र सभासद बन्ने सम्भवत भण्डारी पहिला नेपाली मूलका हुन् ।

नेपालको पर्वत जिल्लाबाट सन् २००५ मा उनी अमेरिका आएका थिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?