प्रदेश सरकार असफल भयो भने देश नै अँध्यारो हुन्छ : प्रचण्ड

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकार असफल भए गणतन्त्र, संघीय र धर्मनिरपेक्षतानै असफल हुने बताएका छन् । 

बुधवार प्रेस सेन्टर र प्रेस चौतारी गण्डकी प्रदेशले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

उनले प्रदेश सरकार प्रभावकारी नहुँदा सबै परिवर्तन असफल हुने र देश अँध्यारोमा फस्ने सक्ने बताए ।

‘प्रदेश असफल भयो भने गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालगायत सबै परिवर्तनहरु असफल हुन्छ, उनले भने, ‘संघीयतालाई जसरी पनि असफल हुन दिनुहुँदैन ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?