राप्रपा अध्यक्ष र एकीकृत राप्रपा (राष्ट्रवादी)का अध्यक्षबीच पार्टी एकताबारे छलफल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीबीच पार्टी एकतबारे छलफल भएको छ  । 

तिहार लगत्तै तीनवटै राप्रपा एकीकरणको प्रयास स्वरुप बुधबार दुई पार्टीका अध्यक्षबीच पार्टी एकताबारे छलफल भएको हो । 

राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी) तीनवटै दलका बीच बलियो राष्ट्रवादी शक्ति निर्माण लागि एकता गर्ने सन्दर्भमा दुई नेताबीच छलफल भएको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 

साथै मंगरवार बिहान पनि राप्रपा अध्यक्ष कमल थापा र राप्रपा(प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर जबराबीच पार्टी एकताका लागि वार्ता भएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?