पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुट्न नेतालाई देउवाको आह्वान

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता तथा कार्यकर्तालाई एक जुट हुन आह्वान गरेका छन् । 

बिहीवार तिहार तथा नेपाल सम्वतको अवसर पारेर भक्तपुरमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । 

साथै उनले आपसी मेलमिलाप नभएका कारण निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको बताउँदै उनले पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुट्न पार्टीका सबै नेता, कार्यकर्तालाई आह्वान गरेका हुन् । 

निर्वाचनमा भएको हारबाट पाठ सिकेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पार्दै सभापति देउवाले आपसी मेलमिलाप नभएका कारण निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको उल्लेख गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?