गृहमन्त्री थापाले भने, ‘निर्मलाका हत्यारा छिट्टै कानूनको कठघरामा हुन्छ’

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तका हत्यारा छिट्टै कानूनको कठघरामा आउने बताएका छन् । 

बिहीवार रिपोर्टस क्लवले आयोजना गरेको देउसीभैलो कार्यक्रमपछि बोल्दै गहमन्त्री थापाले निर्मलाको अपराधिहरुलाई कानुनी कठघरामा छिट्टै आउने बादी गरेका हुन् । 

‘तपाई अहिले जेलमा गएर हेर्नुभयो भने त्यहाँ बलात्कारीहरुको संख्या ठूलो छ । जबरजस्तीकरणी गर्ने, व्यभिचार गर्नेहरुको संख्या ठूलो मात्रामा छ । बलात्कारीहरुलाई कारबाही भइरहेको छ’ निर्मलाको बलात्कारी र हत्या पनि कानूनको कठघरमा ल्याउँछौं उनले भने । 

सथै उनले फरक प्रसंगमा सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गरिरहेको बताउँदै आगामी दिनमा अझै कठोरताका साथ प्रस्तुत हुने समेत बताए । 

‘भ्रष्टहरुलाई कारबाही गर्ने र जेल हाल्ने प्रक्रिया चलिरहेकै छ’ उनले भने । 

अहिले सरकारले देशबाट भ्रष्टाचार, तस्करी र बेथितिहरु ती अपराधहरुलाई निर्मुल गर्ने, नियन्त्रण गर्ने अभियान चलाइरहेका छौँ, गृहमन्त्री थापाले भने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?