कैलालीकी राधा चौधरी फेरि बोक्सीको आरोपमा कुटिइन्

कैलाली । गत वर्ष बोक्सीको आरोपमा कुटिएकी कैलाली घोडाघोडीकी राधा चौधर पुनः बोक्सीको कुटिएकीछन् ।

घोराघोरी नगरपालिका ५ देउकलियाकी चौधरीलाई स्थानीय २८ वर्षीय कालीचरण चौधरीले बुधबार कुटपिट गरेका हुन्  । 

राधा चौधरलाई बोक्सीको आरोपमा  कुटपिट गर्ने कालीचरणलाई इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबत्ता डीएसपी हरिबहादुर वलीका अनुसार राधाले दिएको किटानी जाहेरीपछि चौधरीलाई नियन्त्रणमा लिइएको हो । 

कुटपिट गर्ने कालीचरणलाई मुकुली अपराध संहिता २०७४ अन्तर्गत सजाय हुने डीएसपी वलीले जानकारी दिए ।

गत वर्ष फागुन २४ गते नारी दिवसका दिन स्थानीय भोलेबाबा भनेर चिनिने रामबहादुर चौधरीले बोक्सी भगाउने भन्दै राधा चौधरीलाई निर्घाट कुटपिट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?