शान्ति प्रक्रियापछि पहिलोपटक आफ्नै घरमा  सभामुख महराको टिका

रोल्पा । सभामुख कृष्णबहादुर महराले २३ वर्षपछि आफ्नो जन्मघरमा तिहारको टिका लगाएका छन् । रोल्पा नगरपालिका–१ मेवाङमा रहेको जन्मघरमा सभामुख महराले जेठी फुपू विष्णु केसीको हातबाट टिका लगाएका हुन् ।

तत्कालीन माओवादीले जनयुद्ध थाल्नुअघि २०५२ सालमा आफ्नै जन्मघरमा टिका लगाएका महराले शान्ति प्रक्रियापछि पहिलोपटक आफ्नै घरमा टिका लगाएका हुन् । सशस्त्र युद्ध शान्ति प्रक्रियामा रुपान्तरण भएयताको १२ वर्षसम्म सभामुख महरालाई पुख्यौली घर आएर टीका लगाउने अवसर जुरेको थिएन । 

सभामुख महराले जन्मघरमा टीका लगाएपछि रोल्पा नगरपालिका–१ धारापानीमा रहेको पुख्र्यौली घर पुगेर साइलो बुबाको छोरी रामकुमारी महराको हातबाट समेत टीका लगाएका थिए ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?