पूर्वराजा ज्ञानेन्द शाह्रले लगाए बेग्लै साइतमा भाइटीका

काठमाडौं–पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा शाहको हातबाट भाइटीका लगाएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत निकाले पनि  ज्ञानेन्द्रले फरक समयमा टीका लगाए ।
उनले बिहान ९ बजेर ४० मिनेटको साइतमा बहिनी शोभा शाहीको निवासमा गएर भाइटीका लगाएका हुन् ।

टीका ग्रहणसँगै सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै पूर्वराजा शाहले तिहारको शुभकामना समेत दिए । शुभकामनामा सुखी शान्ति र समृद्धि र देश विकासमा पूर्वराजा शाहको जोड थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?