ओलीको कार्टुन सेयर गरेको आरोपमा नेविसंघका नेता पक्राउ

फेसबुकमा भेटीएको कार्टुन सेयर गरेको आरोपमा तिहारकै दिनमा नेविसंघका नेता पक्राउ परेका छन् । 
काभ्रेको तपेश्वर उच्च माविका ईकाई अध्यक्ष कृष्ण ढकाललाई प्रधानमन्त्री केपी शर्मा ओलीको बिषयमा व्यङग्य गरिएको कार्टुन फेसबुकमा सेयर गरेको आरोपमा काग तिहारको दिनमा काभ्रे प्रहरीले पक्राउ गरेको हो । नेविसंघका केन्द्रीय सदस्य शुसिल भट्टका अनुसार ढकालले फेसबुकमा सेयर गरेको उक्त कार्टुन ढकालले बनाएको नभई अरु कसैले बनाएका थिए्  । 

नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले,सहमहामन्त्री माधब ढकाल ,केन्द्रिय सदस्य सुशील भट्ट ,भोला नेपाल, काभ्रे जिल्ला अध्यक्ष निर्पेश बाद, चन्द्र ढकाल, उज्जवल प्रधान लगायतका नेविसंघका नेताहरुले पक्राउ परेका ढकाललाई भेटेका थिए ।  जिल्ला प्रहरी कार्यालय काभ्रेमा रहेका ढकाललाई उनिहरुले भाईटिकाकै दिनमा भेट गरेका हुन् । 

यता, राजनैतिक पुर्बाग्रह राखेर राजनैतिक पहुँचको दुरुपयोग गर्दै काभ्रे जिल्ला प्रहरी कार्यलयमा थुनामा राखेको घट्ना प्रती नेबि सघ केन्द्रिय समितिको घोर भत्सना गरेको छ । संघले अबिलम्ब ढकाललाई नछाडेमा आन्दोलनमा उत्रने नेबि सघ महामन्त्री काफ्लेले चेतावनी दिएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?