निर्मला बलात्कारपछि हत्या प्रकरणः अनिश्चितकालीन धर्नामा आमाबुवा

कञ्चनपुर  ।  कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कापछि हत्या भएको एक सय ९ दिन बितिसक्दा पनि अपराधी पत्ता लगाउन नसकेको भन्दै निर्मलाका आमाबुबा आज (आइतबार) देखि अनिश्चितकालीन धर्ना बस्ने भएका छन् ।

न्यायको माग गर्दै निर्मलाका आमा दुर्गा पन्त र बुबा यज्ञराज पन्त आज  बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बस्न लागेका हुन् । 

निर्मलाका बुवा र आमाले तिहारअघि नै पत्रकार सम्मेलन गरी धर्ना बस्ने घोषण गरेका थिए । 

छोरीको बलात्कापछि हत्या भएको साढे तीन महिना बितिसक्दा पनि अपराधी पत्ता लगाउन नसकेको भन्दै केहि सिप नलागेपछि धर्ना नै बस्नु पर्ने अवस्था भएको निर्मलाका बुवा यज्ञराजले बताए ।

महेन्द्रनगरको मदनचोकमा भेला भई र्‍यालीसहित बजार परिक्रमा गरी प्रशासनको गेटमै धर्ना बस्ने कार्यक्रम रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?