छठ पर्वको पूजाका लागि विराटनगरका मेयर पराजुलीको कष्टकर ब्रत

विराटनगर । अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिएर आज छठ पर्व विशेष उल्लासका साथ मनाइँदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको आज प्रमुख दिन हो।

सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व आइतबारदेखि सुरु भएको हो। छठ पर्वको पूजाका लागि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली कष्टकर ब्रत बसेका छन् । 
निराहार ब्रत बसेका मेयर भीम पराजुली १५ औं पटक दण्ड प्रणाम गर्दै सिंघिया घाटमा पुगेर अस्ताउदो सूर्यलाई अर्घ दिने भएका छन् । 

मंगलबार दिउँसो १२ बजे विराटनगर पोखरीयामा रहेको शिव पाञ्चायन मन्दिरबाट भतिज प्रमिस र मनिषस“गै दण्ड प्रणाम गर्दै निस्किएका पराजुलीले तीन किलोमिटर दण्ड प्रमाण गर्दै सिंघिया घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिने छन् । 

मेयर पराजुली १५ बर्षयता बर्ष छैठ माताको ब्रत बस्दै आएका छन् भने  १५ औं पटक दण्ड प्रणाम गर्दै सिंघिया घाटमा पुगेर बुधबार उदाउँदो सूर्यलाई अर्घ दिएर ब्रत समापन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?