मंसिर दोस्रो साता राष्ट्रपति भण्डारी पोल्याण्ड जाने

काठमाडौं । राष्टपति विद्यादेवी भण्डारी मंसिर दोस्रो साता पोल्याण्ड जाने भएकी छिन् । 

आगामी डिसेम्बर १ देखि ५ (मंसिर १५ गतेदेखि १९ गते)सम्म पोल्याण्डमा हुने जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप २४)मा सहभागी हुन राष्ट्रपति भण्डारी त्यस तर्फ जान लागेकी हुन् । 

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार सम्मेलनमा सहभागी हुन पोल्याण्ड जान लागेकी राष्ट्रपति भण्डारीको भ्रमणको तयारी भइरहेको छ । उक्त सम्मेलनमा नेपालका तीनवटा विषय प्राथमिकताका साथ उठाउने मन्त्री ज्ञावलीले जानकारी दिए । 

सम्मेलनमा राष्ट्रपति भण्डारीले नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । साथै नेपालले जलवायु परिवर्तनका कारणले नेपालमा पर्न गएको जोखिमहरुका बारेमा समेत विश्व जगतलाई अवगत गराइने मन्त्री ज्ञावलीले बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?