कम्बोडियाका प्रधानमन्त्री नेपाल आउँदै

काठमाडौैं । कम्बोडियाका प्रधनमन्त्री मंसिर दोस्रो साता नेपाल आउने भएका छन् । 

कम्बोडियाका प्रधानमन्त्री हुन सेन नेपाल र कम्बोडियाबीच हुने द्पिक्षीय परामर्श सयन्त्रको बैठकमा सहभागि हुन मंसिर १३ गते  नेपाल आउन लागेका हुन् । 

नेपाल भ्रमणका बेला उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्विपक्षीय बैठकमा सहभागी हुनेछन् ।

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली अनुसार कम्बोडियाका प्रधानमन्त्री सेन इन्टरनेसनल कन्फ्रेन्स अफ एसियन पोलिटिकल पार्टीज (आइक्याप)को निमन्त्रणामा नेपाल आउन लागेका हुन् । 

आइक्यापमा नेपालका मुख्य राजनीतिक दलहरु पनि सदस्य छन् । नेपाल भ्रमणका बेला उनी कोरियन फाउण्डेसनले आयोजना गर्ने एक कार्यक्रममा समेत सहभागी हुने छन् । 

 उनी कम्बोडियन पिपल्स पार्टीका अध्यक्षसमेत हुन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?