‘कोलम्बो प्रोसेस’ मन्त्रीस्तरीय बैठक: वैदेशिक राजगारीमा जाने कामदारको सम्पूर्ण खर्च रोजदाताले नै व्यहोर्नुपर्ने

काठमाडौं । वैदेशिक रोजगारमा कामदार पठाउने एसियाका १२ देशका उच्चस्तरीय मन्त्री परामर्श बैठकमा नेपालले वैदेशिक राजगारीमा जाने कामदारलाई दक्ष बनाउनु पर्नेमा जोड दिएको छ । 

काठमाडौंको सोल्टी होटलमा जारी श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्री संयन्त्रको रुपमा रहेको ‘कोलम्बो प्रोसेस’ मन्त्रीस्तरीय बैठकमा नेपालले सो कुरामा जोड दिएको हो । 

शुक्रबार वैदेशिक रोजगारमा कामदार पठाउने एसियाका १२ देशका मन्त्रीस्तरीय परामर्श बैठकको उद्घाटन सत्रमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेलले वैदेशिक रोजगारमा जाने कामदारको सम्पूर्ण खर्च, स्वास्थ, सुरक्षा, गन्तव्य देशबाटै व्यहोर्नुपर्ने जरुरी रहेको बताए । 

कामदारमाथि हुने भार हटाउनु अनिवार्य भएको बताउँदै उपप्रानमन्त्री पोखरेलले भने, ‘कामदारलाई भार नपर्ने गरी स्वस्थ्य भर्ना प्रक्रिया अपनाउनुपर्छ । कामदार ठगी हुने अवस्था श्रोत देशहरुको साझा समस्या हुन, ‘मुलुकको आर्थिक विकासमा ठूलो टेवा पुर्याउने कामदारको सुरक्षाको लागि उभिन जरुरी छ ।’

कोलेम्बो प्रोसेस बैठकको अध्यक्ष रहेका श्रम मन्त्री गोकर्ण विष्टले गन्तव्य देशहरुले कामदारको न्यूनतम तलब तोक्नको लागि बाध्यकारी बनाउन श्रोत देशहरु एक हुनुपर्नेमा जोड दिए ।

कोलम्बो मन्त्रीस्तरीय परामर्श बैठकमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, भियतनाम, श्रीलंका, अफगानिस्तान, इन्डोनेसिया, कम्वोडिया, थाइल्याण्ड र चीन देशका श्रम मन्त्रीसहित उच्च श्रम अधिकृत सहभागी छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?