प्रेममा परी

(पहिलो त्रैमासिक परीक्षा सकियो । नतिजा प्रकाशित भयो । परी हत्तपत्त कलेजको ‘नोटिस बोर्ड’तिर दगुरी । उसका आँखा सिधै टुप्पोमा पुगे । लेखिएको थियो ‘पृथ्वी श्रेष्ठ’ । ओंठ हल्का मुस्कुरायो । तर, ‘मुस्कुराउने’ खेलमा ओंठ एक्लै प–यो । आँखा अरुतिर नडुली फर्किए । मन स्तब्ध भयो । पृथ्वीको सफलतामा ऊ जति खुसी थिइ, आफ्नो विफलतामा उत्तिकै भावुक । 

परीले सोचेकी थिइ ‘रिजल्ट’ले उसको थाप्लोमा थुप्रिएको बोझ ‘माइनस’ गर्दिन्छ । तर, साचेजस्तो भएन ।

हुन त केहीसमय यता उसको जीवनमा आइपरेको ‘समस्याको धारावाहिक’ लाई हेर्ने हो भने उसलाई पढाइमा ‘धोका’ खानु पनि त्यति नौलो लागेन । 

रन्थनिदै कलेजको चौरीमा पुगी । वरिपरि कोही समूहमा बसेर खित्का छोडीछोडी हाँसिरहेका थिए, कोही ‘ग्रुप स्टडी’ गरिरहेका थिए, कोही आफ्ना प्रिय व्यक्तिसँग हातमा हात मिलाएर मीठा गफ गरिरहेका थिए । परीले आफू बाहेक सबैलाई खुसी देखी । मुस्कुराइरहेको देखी ।

‘हे भगवान ! आखिर कहिलेसम्म ?’ आफ्नो अवस्था देखेर आफैप्रति दया जागेर आयो । खुइ गर्दै आकाशतिर मुन्टो फर्काइ । आँखा बन्द थिए ।

कलेज कम्पाउन्डको उत्तरी कुनामा भएको ‘बेन्च’मा थ्याच्च थचारिइ । बेन्च अलि एकान्तमा भएकाले ऊ अक्सर आफूसँग समय बिताउन त्यही ठाउँ रोज्थी । बेन्चको देब्रेपट्टि ...को रुख थियो । रुखका पातहरु हाँगामा कम र भूइँमा ज्यादा छरिएका थिए । ठ्याक्कै प्राण त्यगिसकेको नभएपनि रुख जीर्ण अवस्थामा थियो । आज कि भोलि जस्तो । बेन्चको दाहिनेपट्टि गुलाबको झ्याङ थियो । बोटमा राता, सेता दुई रङ्गका गुलाब फूल्थे ।

काठमाडौं आएपछि कुनै ठाउँ उसको नजिक बनेको थियो भने त्यो यही बेन्च थियो । अर्को चाहिँ रामशरण अन्कलको चिया पसल । 

‘ल बधाइ छ ।’ परीका कानले परिचित आवाज महसुस गरे । 

पछाडि फर्किएर हेर्दा पृथ्वी आफ्नो ‘मिलियन डलर्स’ स्माइल लिएर उभिरहेको थियो । 

परीले पनि आफ्नो फिक्का मुस्कान छर्दै भनी ‘बधाइ त मैले तिमीलाई दिनुपर्ने हो मिस्टर टपर ।’

‘तिमी पनि बधाइको हकदार त हौ नि मिस सेकेण्ड टपर ।’ पृथ्वी आफ्नो ‘बधाइ’ लाई यत्तिकै खेर फाल्ने मुडमा थिएन ।

नचाहँदा नचाहँदै पनि परी फिस्स हाँसी ‘सेकेण्ड टपर भन्ने टर्म पनि छ र ?’ 

‘छैन भने आजदेखि मैले राखेँ नि त ।’ यसो भन्दै पृथ्वी परीको छेउमा बस्यो । ‘किन यहाँ एक्लै बस्या ? अबुइ कति राम्रो गुलाब !’ पृथ्वीले एकै सासमा दुई वाक्य बोल्यो ।

‘यत्तिकै बसेको । मलाई त मनपर्दैन यो गुलाब ।’ परीले पनि उसैगरी दुवै वाक्यको प्रतिक्रिया दिइ ।

‘यति राम्ररी फूलेको गुलाब किन मन नपरेको ?’

‘यता हेर त । गुलाब भन्दा यो रुख कति राम्रो छ ।’ आफ्नो छेउमा भएको रिजल्टका कारण उदास छौ हो ?’ आफ्नो कुरा सक्न नपाइ पृथ्वीले फेरि दुई प्रश्न राख्यो । त्यसो त उसलाई थाहा थियो परी हर हालतमा ‘छात्रवृत्ति’ चाहन्थी र यो रिजल्टले उसलाई धेरथोर प्रभाव पारेकै छ । यद्यपी, ऊ परीको उदासी देख्न सकिरहेको थिएन ।

‘त्यस्तो होइन मिस्टर टपर । आफ्नो मिल्ने साथीले ‘टप’ गर्दा म किन दुखी हुने ?’ परीले बनावटी हाँसो ओंठमा ट्यास्स टाँसी । 

पृथ्वीको खुसीमा ऊसँगै मुस्कुराउनु कि आफ्नो दुुखमा छटपटाउनु भन्ने कुरामा ऊ कन्फ्युज्ड थिइ । तर, यति कुरा चाहिँ पक्का थियो कि कुनै हालतमा पनि उसले छात्रवृत्ति पाउने वाला थिइन । आफ्नो उदासीले पृथ्वीको ‘खुसी’ पनि बिथोल्दैछु जस्तो फिल भएपछि उसले आफूलाई सम्हाली । कसैले साथ नदिएका बेला सहयोगी हात फैलाउने उही पृथ्वी नै त थियो । त्यसैले, उसको सफलतालाई सेलिब्रेट गर्ने सोच बनाइ ।

‘बरु त्यो टप गर्ने साथीले मलाई ट्रिट दिएन भने चाहिँ पक्कै रिसाउँछु है ।’ परी मुसुक्क मुस्कुराइ । यसपालि उसको मुस्कान ‘जेनुइन’ देखियो । दाहिने गालामा पर्ने डिम्पलले यही प्रमाणित ग¥यो । 

यस्तो सुनेपछि परीको मुहारमा पोखिएको उदासीले निश्पट्ट कालो बादल छरिदिएको पृथ्वीको चेहरा पनि एकाएक उघ्रियो ।

‘अफ कोर्स । बरु भन ट्रिट कहाँ दिउँ ?’ पृथ्वी जुरुक्क उठ्यो । उसलाई आफू ‘टपर’ भएकोमा भन्दा परी ‘मुस्कुराएको’मा ‘ट्रिट’ दिन मन लाग्यो । 

तर, उसको जोशमा ब्रेक लगाउँदै परीले भनी, ‘अरे ! किन यस्तो हतार ?’ 

नो  नो  नो  पृथ्वीले उसको हात  पक्ड्यो र फिल्मी स्टाईलमा तान्यो । परी थोरै सर्माई । 
 उनीहरु कलेको गेटलाई पछाडि पार्दै ५०० मिटर अगाडी बढे र दाहिने मोडिए । 

योर च्वाईस । 
अक्सर परी र पृथ्वीका साथीहरुको  वर्थ डे सेलिब्रेसनको लागि पर्फेक्ट ठाउँ हो यो । 

खुल्ला फ्लोर, मिजासिला वेटर, सफा खाना खाजा, ईन्टरनेटको उपलब्धता, साईलेन्ट किसीमको यो ठाउँ उनिहरुको रोजाईमा पर्नुको छुटाउनै नहुने कारण भनेको अफर्डएवल नै हो । यहाँ निष्फिक्रि खर्चिदा पनि बिल बल्ल हजार उठ्थ्यो । 

वेलकम म्याम सर कहाँ बस्नुहुन्छ । ढोकामा उभिएकी वेटरले धनुष्टंकार शैलीमा नमस्कार गर्दै प्रश्न ओकेली । 

अप । पृथ्वीले हाँस्दै भन्यो ।  परी पृथ्वीको पछि लागी । 

कस्तो गर्मि उफ् । परीले आँखामा छुनै लागेका कपाल कानमा सिउरिदै भनि । 

पृथ्वी परीसँग आँखा जुधाउन पाउने लोभमा आमनेसामाने बस्न चाह्यो । 

के लिने डिङ्ग्स ? 
स्प्राईट कि लस्सी ? 

मोहि ? हुँ ? परीले आँखा तन्काई लु डन धेरै भो चट्ट पारेर मोहि नखाको । आफू त गाम्को मान्छे । 

पृथ्वीले बुझिहाल्यो । उसले दुईटा लस्सी अर्डर गर्यो । 

तिन मिनेटमा लस्सी आयो । 

वेटरले लामो सिसाको ग्लास परीलाई टक्रायो र देब्रे हातको औँलाको बलमा अडिएको ट्रे बाट दोस्रो ग्लास झिक्यो । मुस्कुराउँदै राख्न लागेको ग्लास अचानक हात लर्रबरीएर परीको टाउकोबाट पोखियो । 

ओ माई गड ! 

पृथ्वी अवाक् भयो । परी मोहिले भिजी । र लाजले रातोपिरो भई । 
वेटरले आत्मग्लानी महशुस गरी १५ औँ चोटीसम्म माफि मागि । 
पृथ्वीले ईट्स ओके भन्दै । परीलाई रुमालले पुछीदियो ।  

क्रमश..... 
(कथाको बाँकी अंश अर्को साता प्रकाशन हुनेछ ।) 

कथाको पहिलो भाग : ओ शहर, मलाई तँ सँग डर लाग्छ !

कथाको दोस्रो भाग : शहर ! म थाकेँ 

Leave a comment