परराष्ट्रमन्त्री ज्ञावली आज जापान जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावली आज पाँच दिवसीय भ्रमणका लागि जापान जाँदै छन् । 

जापानी समकक्षी तारो कोनोको निमन्त्रणामा जापानको पाँच दिवसीय भ्रमणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज (शनिबार) त्यसतर्फ जाँदै छन् ।

मन्त्रालयका अनुसार सोमबार नेपाल र जापानबीच मन्त्रीद्वयको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । 

दुवै देशका परराष्ट्रमन्त्रीको उपस्थितिमा जापान सरकारबाट नेपाललाई प्राप्त हुने खाद्य सहायतासम्बन्धी हस्ताक्षर समारोह समेत हुनेछ । 

मन्त्री ज्ञवालीले जापानका कृषि तथा वनमन्त्री ताकामोरी योसिकावाका साथै अन्य राजनीतिक नेतृत्वसँग समेत भेटवार्ता गर्ने कार्यक्रम छ ।

साथै नेपाल लगानी कार्यशालालाई उमन्त्री ज्ञावलीले प्रमुख वक्ताका रुपमा सम्बोधन गर्ने र जापानमा रहेका नेपालीसँग छलफल गर्ने कार्यक्रम समेत तय भएको छ ।

मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, अर्थ र परराष्ट्र मन्त्रालय तथा लगानी बोर्डका उच्च अधिकारी  सहभागी छन् । 

मन्त्री ज्ञवाली मंसिर ७ गते शुक्रबार स्वदेश फिर्ता हुने छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?