निर्मलाका परिवारलाई बेलायतबाट आर्थिक सहयोग

कञ्चनपुर । १३ वर्षीया छोरी निर्मला पन्तका लागि न्याय माग्दै अनिश्चितकालीन धर्ना बसेका निर्मलाका परिवारलाई बेलायत बस्ने नेपालीहरूले आर्थिक सहयोग गरेका छन् । 

बेलायतको बेजिंगस्टोक नेप्लिज कम्युनिटी (बीएनसी) ले संकलन गरी पठाएको ५५ हजार ५ सय ५१ रुपैयाँ शनिबार निर्मलाका बुवा यज्ञराजलाई नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले हस्तान्तरण गरेका हुन् । उनले धर्नास्थलमै पुगेर रकम हस्तान्तरण गरेका थिए । 

निर्मलाका बुबालाई सहयोग हस्तान्तरण गर्दै झाले पन्त परिवारले शुरु गरेको आन्दोलनमा आफूहरुले पनि समर्थन जनाउने बताए ।

संस्थाकी सल्लाहकार सुधा गुरुङको पहलमा सहयोग संकलन भएको हो ।

बीएनसीलेबर्सेनि यस्ता पीडित परिवार र परोपकारी काममा लागेका संघसंस्थाहरूलाई सहयोग गर्दै आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?