एक महिनापछि बस्दैछ ने क पा सचिवालय बैठक

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को सचिवालय बैठक मङ्सिर ६ गते बस्ने भएको छ ।

 यसअघि कात्तिक ८ गते सचिवालय बैठक बसेको थियो । प्रदेश कमिटीको सदस्य चयन, केन्द्रीय कमिटी सदस्यहरूको जिम्मेवारी वाँडफाँट तथा पोलिटव्यूरो कमिटी गठनको विषयमा गृहकार्य गर्नेगरी यसअघि कात्तिक ८ गते गठन भएको दुई सदस्यीय कार्यदलले गृहकार्य अन्तिम चरणमा पु¥याएकाले ६ गतेका लागि सचिवालय बैठक बस्ने तयारी भएको नेता वेदुराम भुसालले बताए। पाएको जिम्मेवारी अनुसार दुई सदस्यीय कार्यदलले गृहकार्य करिब पूरा गरेकाले बिहीबारका लागि बैठकको तयारी गरिएको उनले बताए । गाेरखापत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?