सदस्यको उपस्थित नपुगेपछि अर्थ समितिको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा अर्थसमितिको आजको लागि तय गरिएको बैठक स्थगित भएको छ । 

सोमबार बिहान ९ बजेका लागि निर्धाति बैठक सदस्यको न्यूनतम उपस्थित सङ्ख्या नपुगेपछि स्थगन भएको हो ।

बैठकमा पूँजीगत खर्च र गैरबजेटरी निकासाबारे छलफल हुने कार्यक्रम थियो । 

पच्चीस सदस्यीय समितिको उक्त बैठक सञ्चालनका लागि न्यूनतम १३ जना सांसद उपस्थित हुनुपर्नेमा नौ जनामात्र उपस्थित भएपछि बैठक स्थगन भएको हो । 

बैठकमा सहभागी हुन अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीका साथै अन्य सरोकारवाला मन्त्रालयका सचिव र उच्चपदस्थ अधिकृत उपस्थित थिए । 

सूचना समितिका सभापति कृष्णप्रसाद दाहालले भने, न्यूनतम उपस्थित सङ्ख्या नपुगेर स्थगन भएपनि विशेष कारण परेकाले दिउँसो १ बजे बस्ने गरी बैठक स्थगन गर्नुपरेको बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?