नेपालका लागि नयाँ राजदूत पठाउने तयारीमा चीन

काठमाडौं । चीनले नेपालका लागि बहालवाला राजदूतलाई फिर्ता बोलाएको छ । 

नेपालका लागि राजदूत यू होङको कार्याकाल सकिनु अघि नै फिता बोलाउन लागेको हो । उनको स्थानमा नयाँ राजदूत होउ यानक्वीलाई सिफारिस गरेको छ । 

चिनियाँ परराष्ट्र मन्त्रालयमा उप–महानिर्देशकको पदमा कार्यरत होउ यानक्वीलाई नेपालका लागि २१ औँ राजदूत बनाएर नेपाल पठाउन लागेको कुटनीतिक स्रोतले जनाएको छ । 

स्रोतका अनुसार चीनको आफ्नो निर्णय नेपालको परराष्ट्र मन्त्रालयलाई जानकारी दिइसकेको छ । 

काठमाडौंबाट सहमति मिल्नासाथै यानक्वीलाई चिनियाँ राष्ट्रपति सी चिन फिनले औपचारिक नियुक्ती दिने छन् ।

हालकी राजदूत यू होङ २०१६ नोभेम्बरमा नियुक्ती पाएकी थिइन् । 

नयाँ चिनियाँ राजदूत सिफारिस बारे परराष्ट्र मन्त्रालयले भने कुनै टिप्पणी गर्न गरेको छैन । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?