जयनगर–जनकपुर रेलसेवा सञ्चालनको तयारी

काठमाडौँ- डेढ महिनाभित्र जयनगर–जनकपुर रेलसेवा पुनः सञ्चालनमा आउने भएको छ ।

रेल विभागका प्रवक्ता अमन चित्रकारले सन् २०१८ को अन्तिम (पुस १६) सम्ममा जयनगर–जनकपुर रेलसेवा पुनः सञ्चालनमा आउने जानकारी दिए ।

 तत्काल जम्मा ३४ किलोमिटर दूरीको रेल सेवा पुनः सञ्चालनमा ल्याउन भौतिक निर्माणका काम सम्पन्न भइसकेको जानकारी समेत उनले दिए  ।

‘ट्रेन सेट’ खरिद गरेर जयनगर–जनकपुर रेलसेवा सञ्चालन गर्ने सरकारको पहिलो प्राथमिकता हो तर सन् २०१८ भित्र नै रेलसेवा सञ्चालनमा ल्याउनुपर्ने समयसीमा भएकाले ‘ट्रेन सेट’ नै ‘वेट लिज’ मा लिएर सञ्चालन गर्ने कि भन्नेबारे छलफल भइरहेको जानकारी पनि उनले दिए । गाेरखापत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?