डेढ दशकदेखि न्याय क्षेत्रमा कर्मचारी अभाव

काठमाडौं –वर्षौदेखि न्याय क्षेत्रमा कर्मचारी दरवन्दी पुनसंरचना हुन सकेको छैन । न्याय क्षेत्रमा आवश्यक पर्ने एक हजार तीन सय ३९ जना कर्मचारी नियुक्तिको फाईल मन्त्रिपरिषद्मा अड्किएपछि कर्मचारीको दरबन्दी सृजना हुन नसकेको हो ।

जसकारण विभिन्न तहका अदालतमा कार्यरत कर्मचारीहरु तत्काल दरबन्दी पुनर्संरचना हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।

विगत १४ वर्ष देखि न्याय सेवाको दरवन्दी पूर्ति हुन नसक्दा नीतिगत काममा समेत कठिनाई देखिन थालेको छ । तत्कालको आवश्यकता पूर्तिका लागि २०६०÷०६१ मा कर्मचारी दरवन्दी थप गरिएको थियो । सोही अबधिमा नियुक्ति भएका कर्मचारीहरुले अहिले सेवा प्रबाह गरिरहेका छन् । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

मन्त्रिपरिषद्मा पटकपटक दरवन्दी पुनर्संरचनाको फाईल पुगेपनि सम्बोधन नभएको निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियनका विभागीय कार्यसमिति सर्वोच्च अदालतका अध्यक्ष प्रकाश पराजुलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?