छाती र पेट जोडिएका जुम्ल्याहा शिशु जन्मिए

वीरेन्द्रनगर–कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको प्रदेश अस्पतालमा छाती र पेटको माथिल्लो भाग जोडिएका दुई बालिकालाई अप्रेसन गरी निकालिएको छ ।

अस्पतालमा आइतबार कालिकोटको रास्कोट नगरपालिका–५ स्युनाकी ललिता बुढाको कोखबाट शरीर जोडिएका दुई बालिकालाई निकालिएको हो ।
दुई बालिकाको तौल ३ किलो ६ सय ग्राम रहेको अस्पतालले जनाएको छ ।बालिकाहरुलाई अस्पतालको एनआईसीयूमा राखिएको छ । बालिका र आमा स्वस्थ छन् ।

अस्पतालका बालरोग विशेषज्ञ डा. नवराज केसीले बालिकाको छाती र पेटको माथिल्लो भाग जोडिएको बताए। ‘यो विश्वकै दुर्लभ समस्या हो’, उनले भने– ‘भु्रणबाट छुटिने बेला छुटिएन भने यस्तो समस्या आउँछ । दुई–तीन लाख बच्चा जन्मदा एक जनामा यस्तो समस्या देखिन्छ ।’
 अन्तिम भिडियो एक्सरे गर्न बाँकी रहेकाले यो पछि मात्रै शिशुहरुको कलेजो र मुटु जोडिएको छ वा छैन भन्नेबारेमा थाहा हुनेछ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?