प्रकाशको स्मृतिमा थामिएन प्रचण्ड परिवारको आँशु

काठमाडौं – सधै चहलपहल हुने नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुलटलारमा मानिसहरुको उपस्थिति बाक्लो रहेपनि सबै मौन देखिन्थे ।

मानिसहरुको भिड भएर पनि त्यहां सन्नटा छाएको थियो । सबैको अनुहार मलिन थियो । प्रचण्ड पुत्र प्रकाश दाहालको प्रथम स्मृति दिवसको अवसरमा उपस्थित सबै प्रकाशको संझना गरिरहेका थिए ।
 एक बर्ष अघि हृदयघातको कारण निधन भएका प्रकाशको स्मृतिमा परिवारले निवासमा नै कार्यक्रम आयोजना गरेको थियो ।

प्रकाशको निधन भएपछि जबरजस्त रुपमा सम्हालिएको प्रचण्ड परिवारलाई पुनः एक बर्ष अघिको दुःखद दिनको स्मरणले झन दुःखित बनाएको छ । प्रकाशकी आमा सीता दाहाल पुत्र वियोगमा अझै सम्हालिन सकेकी छैनन् ।
सोमवार खुमलटारमा आयोजित प्रकाश दाहालको पहिलो स्मृति दिवसमा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्ड, सीता दाहाल, प्रकाशकी जीवन संगीनी विना मगर भक्कानिएका थिए ।

श्रद्धान्जली कार्यक्रम अवधिभर सीता दाहाल सम्हालिन सकिनन् । गहभरी आशु पार्दै सम्हालिएका प्रचण्ड निःशब्द देखिए । विना मगर श्रीमानको वियोगमा झन सम्हालिन सकिनन् । उपस्थित सबैको आँखा रसाए । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?