अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट : भारतमा २८ पटक घट्यो, नेपालमा स्थिर

काठमाडाैं-अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर ओरालो लागेको छ । भाउ घट्न थालेपछि भारतको घरेलु बजारमा पेट्रोल र डिजेल सस्तिएको छ । तर, भारतबाटै तेल खरिद गर्ने नेपाल आयल निगमले दुई महिनाअघिकै मूल्यमा नेपाली उपभोक्तालाई पेट्रोल, डिजेल बिक्री गरिरहेको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य ६५.९ डलर प्रतिब्यारेल कायम भएको छ । डेढ महिनाअघि कच्चा तेलको भाउ ८६.२९ डलर प्रतिब्यारेल थियो । एक महिनामा कच्चा तेलको भाउ २३ प्रतिशतले घटिसकेको छ । यो अवधिमा भारतीय बजारमा पेट्रोल ६.१२ भारु र डिजेल ४.१३ भारु सस्तिएको हो ।

आयल निगमले तेल खरिद गर्दै आएको भारतीय आयल कर्पाेरेसन (आइओसी)ले एक महिनायता हरेक दिन तेलको मूल्य घटाएको छ । यसरी भारतीय बजारमा एक महिनामा २८ दिनसम्म लगातार मूल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?