पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्ने तयारी

काठमाडौँ — सार्वजनिक खरिद अनुगमन कार्यालयले विवादित ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्ने भएको छ ।
सिक्टा सिँचाइ आयोजना कार्यालय बाँकेले सम्झौताअनुसार काम नगरेको भन्दै पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न गरेको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको छ । कोस्टाल पप्पु जेभीले २० जुन २०१६ मा ९८ करोड ८१ लाखमा २३ किलोमिटर डुडुवा शाखा नहर बनाउने ठेक्का पाएको थियो ।

ठेक्का सम्झौताको अवधि सकिँदा बल्ल ७ प्रतिशतमात्र काम गरेपछि आयोजनाले गत कात्तिक २९ मा पप्पुसितको ठेक्का सम्झौता तोडिएको जनाएको थियो । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?