कांग्रेस सभापतिका कारण पार्टीले चुनावमा हार व्यहोर्नु परेको नेता सिंहको दाबी

काठमाडौं । सरकार संघीयता संस्थागत गर्ने पक्षमा नरहेको कांग्रेस नेता प्रकाशमान सिंहले आरोप लगाएका छन् । 

मंगलबार प्यूठानको बाग्दुलामा प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा बोल्दै उनले संविधानको संस्थागत गर्न सरकारको ध्यान नपुगेको बताएका हुन् । 

संविधानमा उल्लेखित अधिकारहरु कानुन बनाएर काम गर्नुपर्नेमा ९ महिना वितिसक्दा पनि कुनै विधेयक संसदमा पेश गर्न नसकेको उनले गुनासो गरेका छन् । 

शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेकाले जनता सडकमा उत्रनु परेको उनले बताए ।

पार्टीको सन्दर्भमा बोल्दै कांग्रेस पूर्व महामन्त्री सिंहले कांग्रेस, कांग्रेस जस्तो पार्टी नरहेको बताएका छन् ।  

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले जनताको चित्तबुझ्दो काम नगरेकै कारणले पार्टीले चुनावमा हार व्यहोर्नु परेको उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?