पूर्वसचिव श्रेष्ठको ८९ वर्षको उमेरमा निधन

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव ईश्वरलाल श्रेष्ठको गएराति १ बजे ८९ वर्षको उमेरमा निधन भएको छ । 

श्रोतका अनुसार उनको नर्भिक अस्पतालमा निधन भएको हो ।

उनले उद्योग तथा वाणिज्य मन्त्रालय, शिक्षा मन्त्रालय र पर्यटन मन्त्रालयमा सचिवको रुपमा काम गरेका थिए भने शिक्षाविदको रुपमा समेत परिचित श्रेष्ठले शंकरदेव क्याम्पसको स्थापनामा योगदान पुर्‍याएका थिए । 

तीन दशकअघि श्रेष्ठ पर्यटन सचिव रहेका बेलामा अमेरिकाबाट ल्याइएको बोइङ विमानले अहिलेसम्म नेपाल वायु सेवा निगमको शाख जोगाइरहेको छ ।

पूर्वसचिव श्रेष्ठका श्रीमतीसहित १ छोरा र १ छोरी छन् । 

पूर्वसचिव श्रेष्ठको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?