‘धर्म निरपेक्षता भनेको हिन्दु धर्मको विरोध होइन’: उपसभापति निधि

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेस धर्मनिरपेक्षताबाट पछाडि नफर्कने बताएका छन् । 

कांग्रेसको राजनीतिक मस्यौदा समितिले मंगलबार धनगढीमा गरेको अन्तरक्रियामा बोल्दै  उपसभापति निधिले ‘धर्म निरपेक्षता भनेको हिन्दु धर्मको  विरोधमा नभएको बताएका छन् । 

आसन्न महासमिति बैठकबाट कांग्रेसले गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता लगायतका मुद्दामा अझ प्रष्ट पार्ने उनले बताए तर गरेको निर्णयबाट पछाडि र्फकन नहुने उनको भनाई छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?