राजेन्द्र महतो बने राजपा नेपालको अध्यक्षमण्डलका नयाँ संयोजक

राजपा नेपालको अध्यक्षमण्डलको संयोजकमा राजेन्द्र महतो चयन भएका छन् । 

राजपाको पार्टी कार्यालय बबरमहलमा मंगलबार बसेको अध्यक्षमण्डलको बैठकले नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालित गर्न बहुमतबाट निर्णय गरिएको राजपाका महासचिव केशव झाले जानकारी दिए । 

उनका अनुसार निर्धारित समयमै महाधिवेशनको सुनिश्चितता गर्न, पार्टीको सर्वोच्च निकायमा सामूहिक निर्णयको अभ्यासलाई निरन्तरता दिन, संगठनको विकास र विस्तार कार्यलाई गतिशीलता प्रदान गर्न लगायतका उद्देश्यले पार्टीको विधानअनुसार नेतृत्वलाई सक्रिय प्रणालीमा सञ्चालित गर्न बहुमतको आधारमा निर्णय गरिएको हो । 

बैठकको निर्णयसँगै राजपाको अध्यक्ष मण्डलको संयोजकबाट महन्थ ठाकुरलाई बिदाइ गरिएको छ । उनको ठाउँमा राजेन्द्र महतो आएका छन् । बु्धबारदेखि लागू हुने गरी महतो संयोजक पदको दायित्वमा रहने झाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?