स्थानीय तहले कर सङ्कलन गर्न सकेनन्

काठमाडौंँ-संविधान र ऐनको क्षेत्राधिकारभित्रका कर पनि स्थानीय तहले सङ्कलन गर्न सकेका छैनन् । स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन यसअघि केन्द्रीय सरकारले सङ्कलन गर्दै आएका कतिपय करका क्षेत्राधिकार स्थानीय तहलाई दिइएको छ ।
स्थानीय तहले मनोमानीरूपमा कर सङ्कलन गरेको आरोप लागे पनि व्यवहारमा भने स्थानीय तहले ऐनको क्षेत्राधिकारभित्रको कर समेत सङ्कलन गर्न नसकेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालले जनाएको छ । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।
मन्त्रालयका अनुसार घर निर्माणको नक्सापास र सिफारिस शुल्क बाहेक अन्य कर स्थानीय तहले सङ्कलन गर्न सकेका छैनन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?