थप मौलाउँदै भ्रष्टाचार, ६ दर्जन कर्मचारी घुससहित रंगेहात पक्राउ

काठमाडौं- सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति ल्याए पनि भ्रष्टाचार र अनियमितता भने झन् मौलाएर गएको छ । घुस लिँदै गरेको अवस्थामा पक्राउ पर्ने सरकारी कर्मचारीको संख्या वृद्धि भएको छ भने नीतिगत भ्रष्टाचार पनि उस्तै मौलाएर गएको छ ।
आर्थिक वर्षको अन्त्य १ साउनयता मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिँदै गरेको अवस्थामा झन्डै ६ दर्जन सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेहरू सरकारी तल्लो तहका कर्मचारीदेखि उपसचिव तथा नेपाल प्रहरीका डीएसपीसम्मका रहेका छन् ।

अख्तियारले मंगलबार मात्रै जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीका प्रमुख उपन्यायाधिवक्ता कोषहरी निरौलालाई ८० हजार रुपैयाँ घुसबापतको रकम लिएको अवस्थामा रंगेहात पक्राउ गरेको छ । राजधानी दैनिकमा खबर छापेकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?