जय बाबा इँटा उद्योगका सुपरभाइजर हुसेनको गोली हानी हत्या

विराटनगर । सुनसरीको दुहबीमा गोली हानी एक व्यक्तिको हत्या भएको छ । 

बुधबार बिहान ६ः३० बजे मोटरसाइकलमा आएका अज्ञात समूहले दुहबी–९ मा सञ्चालित जय बाबा इँटा उद्योगका सुपरभाइजर मोहम्मद फिदा हुसेनलाई गोली हानी हत्या गरेको हो । 

सुनसरी प्रहरीका अनुसार अज्ञात समूहले हानेको गोली लागी हुसेन घाइते भएको र उनको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

बुधबार बिहान मर्निङवाकमा निस्किएका ५४ वर्षीय हुसेनमाथि गोली प्रहार भएको थियो । हुसेनमाथि कसले र किन गोली हान्यो भन्ने अझैसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । 

सुनसरीका एसपी राजन अधिकारीका अनुसार घटनाबारे जानकारी पाएलगत्तै यसमाथि अनुसन्धान शुरु गरिएको जानकारी दिए ।

हुसेनको शव अहिले उनकै निवासमा राखिएको समेत प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?