हुसेनको हत्यापछि सुनसरी तनाव ग्रस्त, विराटनगर–इटहरी सडकखण्ड अवरोध

सुनसरी । बुधबार बिहान जय बाबा इँटा उद्योगमा सुपरभाइज ५८ वर्षीय मोहम्मद फिदा हुसेनको गोली हानी हत्या भएपछि अहिले दुहबी बजार तनाव ग्रस्त भएको छ । 

सुनसरी दुहबी नगरपालिका वडा ९ का वडा अध्यक्ष मोहम्मद महदी हुसेनका भाइ मोहम्मद फिदाको मोटरसाइकलमा सवार दुवै जना गोली हानी दक्षिणतर्फ भागेको स्थानीयले बताए । 

गोली प्रहारबाट घाइते हुसेको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए ।

प्रहरी उपरीक्षक अधिकारीले घटना भए लगत्तै प्रहरीले अनुसन्धान थालेको र घटनाको कारण खुल्न नसकेको बताए । 

हुसेनको शव अहिले उनकै घरमा राखिएको उनले बताए । 

हुसेनको हत्या विरोधमा स्थानीयबासीले दुहबी बजार सडकमा टायर बालेर आन्दोलन शुरु गरेका छन् । दुहबीको अवस्था तनाव ग्रस्त रहेको छ ।

स्थानीयबासीले तत्काल हत्यारा पत्ता लगाई कानुनी कारबाहीको माग गरेको छ । 

उनीहरुको आन्दोलनले विराटनगर इटहरी सडकखण्डमा सवारी साधन चल्न सकेका छैनन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?