किर्ते दस्तखत गरी रकम निकाल्ने पक्राउ

काठमाडौं । नागर्जुन नगरपालिका–९ स्यूचाटार बस्ने सर्लाही कविलासी नगरपालिका–९ का २८ वर्षीय राजकिशोर मण्डललाई किर्ते दस्तखत गरी रकम निकालेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । 
मण्डलले सोही ठाउँ बस्ने प्रकाश शर्माको स्यूचाटार बचत तथाऋण सहकारी संस्थाको चेकबाट सोही संस्था हुँदै कैलाश विकाश बैंक कलंकीशाखाबाट किर्ते दस्तखत गरी नगद ५ लाख निकालेका थिए । 
राजकिशोरलाई खोजी गर्ने क्रममा सुन्धारास्थित हिलटन गेस्ट हाउसमा फेला पारी उनीसँगै बसिरहेका सोही ठाउँ बस्ने २८ वर्षीय विकास लामा र सुनका विभिन्न गहना र मोबाइल १ थान गरी करिब १ लाख ६ हजार ८ सय ९२रुपैयाँ बराबरको धनमाल सहित प्रहरीले मंगलबार राति पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?