घुससहित पक्राउ परेका हवल्दारविरुद्ध मुद्दा दायर

काठमाडौं । ११ हजार घुससहित पक्राउ परेका सशस्त्र प्रहरीका सहायक हवल्दारविरुद्ध अख्तियारले मुद्दा चलाएको छ । 

सशस्त्र प्रहरी बल  मुझेलिया, धनुषामा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार चन्देश्वर गिरीले विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

नेपाल भारत सिमा बजारबाट सामान ल्याउन सहज गराइदिने बाहानामा सेवाग्राहीसँग घुस (रिसवत) माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियारले उनलाई  नियन्त्राण्मा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?