नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले पार्टी पुनःस्थापना दिवस मनाउने

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले साताव्यापी रुपमा आफ्नो पुनः स्थापना दिवस मनाउने भएको छ । 

यही मंसिर ८ गते नेत्रविक्रम चन्दले साताव्यापी रुपमा नेकपा पुनःस्थापना दिवस मनाउन लागेको हो ।  

बुधबार रिपोर्टर्स क्बलमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य एवं जनसभा प्रचारप्रसार उपसमितिका संयोजक चिरन पुनले देशव्यापी प्रचारप्रसार र तयारीका कार्यक्रम अन्तिमचरणमा पुगेको बताए । उनले मंसिर ८ गते देशव्यापी पार्टी पुनःगठन दिवस विभिन्न कार्यक्रम गरी मनाइने जानकारी दिए ।

साथै दिवसका लागि सम्पूर्ण कम्युनिष्ट, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्ति एक होऔँ, वैज्ञानिक समाजवाद स्थापनाका लागि संघर्ष गरौँ भन्ने मूल नारा तय गरिएको छ । 

मङ्सिर ८ गते काठमाडौंको गङ्गबु, कालीमाटी तथा बबरमहलबाट जुलुस निकाली शहर परिक्रमा गरी रत्नपार्कको शान्तिवाटिकामा पुगेर जनसभा गर्ने उनले बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?