बलिउडमा बिहेपछि बिहे, राखी सावन्तले शेयर गरिन् आफ्नो बिहेको कार्ड

मुम्बई । बलिउडमा यतिबेला बिहेको बहार चलिरहेको छ । दीपिका पादुकोण र रणवीर सिंहको पोस्ट वेडिङ फङ्सन अझै पनि सकिएको छैन । अर्कातिर प्रिंयका चोपडा र निक जोनसको बिहेको पनि चर्चा छ ।    

केही दिनअघि मात्र कपिल शर्माले बिहेको कार्ड सार्वजनिक गरेका थिए । अहिले अर्की नायिका राखी सावन्तले पनि इन्स्टाग्राममा आफ्नो बिहेको कार्ड शेयर गरेकी छिन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

??????????????????????

A post shared by Rakhi Sawant (@rakhisawant2511) on

राखीले इन्स्टामा इन्भाइटेसन कार्ड शेयर गर्दै दीपक कलालसँग बिहे गर्न लागेको पनि खुलाएकी छिन् । साथै दीपक कलालले पनि आफ्नो इन्स्टामा बिहेको कार्ड शेयर गरेका छन् ।

दीपक कलाल सोसल मिडियामा चर्चित छन् । आजभोलि दीपक भारतीय रियालिटी शो इन्डिया गट ट्यालेन्टमा पनि देखिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?