‘छक्का पञ्जा ३’ एकाउन्नौं दिनमा

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा ३’ ले राजधानीका १३ वटा हलमा ५१ दिन पार गरेको छ । दशैँको अवसर पारेर असोज २४ गते घटस्थापनाको दिन रिलिज भएको चलचित्रले आज (बिहीवार) ५१ औँ दिन पूरा गरेको हो ।

कमेडी जानराको यो फिल्मले कमेडीसँगै सरकारी विद्यालयमा हुने वेथितीलाई पनि मुद्दा बनाएको छ । दीपाश्री निरौलाले निर्देशन गरेको यो फिल्ममा दीपकराज गिरी, शिवहरि पौडेल, जीतु नेपाल, दीपाश्री निरौला, केदार घिमिरे, जयनन्द लामा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, दीपिका प्रसाईं लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रको कथालाई दीपकराज गिरीले तयार पारेका हुन् ।

यस्तै फिल्म सफल भएकोमा फिल्मका निर्माता तथा कलाकार दीपकराज गिरी, निर्देशक दीपाश्री निरौला लगायतले दर्शकलाई धन्यवाद दिएका छन् ।

चलचित्रलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् भने विपिन मल्लले सम्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?