ब्रेकिङ : ३ दिनदेखि बेपत्ता बालक सामाखुसीमा मृत अवस्थामा भेटिए, हत्या आशंकामा चालक पक्राउ

काठमाडौँ – तीन दिनदेखि बेपत्ता बालक मृत अवस्थामा फेला परेका छन् । 

काठमाडौँको नयाँ बसपार्कस्थित स्वस्तिमा त्रिवेणी गेष्ट हाउसका सञ्चालक प्रविण कुँवरका छोरा प्रयास कुँवर मृत अवस्थामा फेला परेका हुन् । 

मंगलबार आफ्नै घरबाट हराएका ८ वर्षीय बालकको खोजी गरिदिन परिवारले मंगलवार साँझ ७ बजे प्रहरीमा खबर गरेका थिए । 

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीको टोलीले आज दिउँसो ३ : ३० बजे काठमाडौँको सामाखुसी खोलानजिकै म्हैपी मार्ग छेउमा जेब्रा झोलामा पोको पारेर फालेको अवस्थामा बालकको शव फेला पारेको हो । 

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोली र महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्क को टोलीले आज दिउँसो ३ : ३० बजे काठमाडौँको सामाखुसी खोलानजिकै म्हैपी मार्ग छेउमा जेब्रा झोलामा पोको पारेर फालेको अवस्थामा बालकको शव फेला पारेको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रवक्ता प्रहरी निरीक्षक मोहन केसीले बताए । 
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा उनकै होटलमा सवारी चलाउँदै आएका महेन्द्र एस के लाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
 घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्क प्रवक्ता प्रहरी निरीक्षक मोहन केसीले लोकपथलाई बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?