यस्तो छ रजनीकान्त र अक्षय कुमार स्टारर ‘२.०’ को पहिलो दिनको बक्स अफिस कलेक्सन?

मुम्बई । सुपरस्टार रजनीकान्त र अक्षयकुमार स्टारर फिल्म ‘२।०’ ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । शुक्रवारको सट्टा बिहीवार नै रिलिज भएको यो फिल्मले दक्षिण भारतमा ओपनिङ जबरजस्त गरेको छ । मर्निङ शोको मात्र अकुपेन्सी ९५ प्रतिशत छ ।

हिन्दी भर्जनलाई औसत रेस्पोन्स आएपनि फिल्मलाई धेरैलाई रुचाएका छन् । खासगरी फिल्मको भीएफएक्स पक्षलाई लिएर चर्चा भइरहेको छ ।

यो फिल्मले हिन्दी दर्शकमाझ ‘ठग्स अफ हिन्दोस्तान’, ‘पद्मावत’, ‘सञ्जु’, ‘गोल्ड’ जस्ता फिल्मभन्दा पछि रह्यो । यीमध्ये केही फिल्म विदाको दिन रिलिज भएका थिए । जसको फाइदा मेकरलाई भएको थियो ।

फिल्म ‘२.०’ बिहीवार रिलिज भयो । बिहीवार रिलिज हुनलाई खासै राम्रो भनिँदैन । यसै कारण पनि हुनुपर्छ, फिल्मले ओपनिङमा त्यति धेरै जादु गर्न सकेन । तर फिल्मको रिभ्यु भने राम्रो भनिएको छ ।

फिल्मले शनिवार र आइतवार अझ धेरै रेस्पोन्स पाउने लक्ष्य लिइएको छ ।


बक्स अफिसमा यो फिल्मले हिन्दी भर्जनमा २० करोड २५ लाखको कमाइ गरेको छ । आन्द्र प्रदेशमा पहिलो दिन १९ करोडको कलेक्सन भएको छ ।

यस्तै कर्नाटकमा ९ करोड, तमिल नाडुमा २० करोड र चेन्नइए मा पहिले दिन २.६४ करोड कमाएको छ भने केरलमा झण्डै ५ करोड कमाएको छ ।

यो फिल्म बाहुबली २ का तुलनामा केही पछि छ । चलचित्रमा अक्षय कुमार र रजनीकान्तसँगै एमी ज्याक्सनको पनि मुख्य भूमिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?