१७ वर्षीया किशोरी बलात्कारको अभियोगमा पक्राउ

कास्की–    पोखरा महानगरपालिका २३ भदौरेतामागी घर भई हाल ‌शान्तिनगर बस्ने १७ वर्षीया किशोरी बलात्कृत भएकी छिन् ।

प्रहरीले  जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ डेरा गरी बस्ने माछापुच्छ्रे गाउँपालिका ४ लाचोकका ३५ वर्षीय लक्ष्मण ढकाललाई पक्राउ गरेको छ ।

किशोरीलाई ललाईफकाई गरी पोखरा महानगरपालिका ६ स्थित पिनाकल होटलमा लगी जबरजस्ती करणी गरी फरार लक्ष्मणलाई अन्नपूर्ण गाउँपालिका ३ काँडे चुहिने पहराबाट प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको  छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?