बलिउडकी गायिकाको गीत नेपालमा छायांकन

काठमाडौं । बलिउडकी प्लेब्याक गायिका आकांक्षा शर्माको गीत नेपालमा छायांकन गरिएको छ । एल्बमको तयारीमा रहेकी आकांक्षाले आफ्नो एल्बमका लागि नेपालका विभिन्न रमणीय स्थानमा दृश्यको छायांकन गरेकी हुन् ।

नेपाली प्राविधिक र मोडल प्रयोग गरिएको गीतमा समिम खान र सृष्टि खड्काले अभिनय गरेका छन् ।

छायांकनपछि बिहीवार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आकांक्षाले आफूलाई नेपाल प्राकृतिक रुपमा निकै रमणीय लागेको बताइन् । उनले भनिन्, ‘नेपालबाट मीठो याद बोकेर जाँदैछु ।’

आकांक्षाले फिल्म ‘गोल्ड’ को नैनो ने बाँधी, ‘अन्धाधुन्ध’ को आपसे मिलके अच्छा लगा, ‘शादीमे जरुर आना’ को जोगी लगायतका गीतमा स्वर दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?