राष्ट्रपति भण्डारी पोल्याण्ड प्रस्थान

राष्ट्रपति भण्डारी पोल्याण्डका समकक्षी आन्द्रेइज सेवास्टीन डुडाको मैत्रीपूर्ण निमन्त्रणामा सनिबार बिहान त्यस तर्फ जानुभएको हो ।

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड प्रस्थान गरेकी छिन् । 

शनिवार दिउँसो पोल्याण्डको कातोबिचमा हुन लागेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी महासन्धि कोप २४ औं सम्मेलनमा सहभागी हुन भण्डारी यसतर्फ प्रस्थान गरेकी हुन् । 

राष्ट्रपति भण्डारी पोल्याण्डका समकक्षी आन्द्रेइज सेवास्टीन डुडाको मैत्रीपूर्ण निमन्त्रणामा पोल्याण्ड गएकी हुन् । उनले सोमबार सम्मेलनलाई सोम्बोधन गर्नेछिन् ।

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतसहित केही सांसद र उच्च पदस्थ अधिकारीहरु पनि पोल्याण्ड जाँदैछन् । भ्रमणका क्रममा पोल्याण्डका राष्ट्रपतिसहित विभिन्न उच्च स्तरीय भेटघाट पनि हुँदैछ । भ्रमणबारे राष्ट्रपतिको कार्यालयले विज्ञप्तिबारे जानकारी दिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?