म्यान्मारकी नेतृ सुकी स्वदेशी फिर्ता

काठमाडौं । म्यान्मारकी नेतृ आङ सान सुकी आज बिहान स्वदेश फर्किएकी छन् । 

उनी काठमाडौंमा आयोजित एसिया प्यासिफिक सम्मेलनमा भाग लिन यही मंसिर १३ गते (विहीवार) नेपाल आएकी थिइन् । 

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा मन्त्री ईश्वर पोखरेलले विदाई गरे ।

नेपाल बसाइको क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग भेटवार्ता गरेकी थिइन् ।

सुकीले भृकुटीमण्डपमा आयोजित ‘नेपाल चेम्बर एक्स्पो–१८’लाई विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्दै नेपाली उद्यमीलाई म्यान्मारमा लगानी गर्न आग्रह गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?